Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बलात्कार आरोपी उपमेयर एक लाख धरौटीमा रिहा

सिरहा । बलात्कार आरोप लागेका लहान नगरपालिका उपप्रमुख रामचलितर महतो एक लाख धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत सिरहाले थुनछेक सुनवाइमा उपप्रमुख महतोलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

२१ वर्षीया युवती जागिरको खोजीमा उपप्रमुख महतोको कार्यकक्षमा जाँदा कोठाको चुकुल लगाएर जर्वजस्ती करणी गर्न खोजेको आरोपसहित असार ४ गते इलाका प्रहरी कार्यालय लहानमा मुद्दा दर्ता गराएकी थिइन।

मुद्दा दर्ता भएपछि उपप्रमुख महतो फरार रहेका थिए। भदौ २४ गते इलाका प्रहरी कार्यालय लहानमा आफैँ उपस्थित हुनुभन्दा अघि उपप्रमुख महतोले राजनीतिक जीवनलाई धरापमा पार्न यस्तो आरोप लगाइएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए ।

जिल्ला अदालत सिरहाका अनुसार उपप्रमुख महतोलाई असोज २६ गते बकपत्रको लागि तारिख दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077