Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सवारी दुर्घटना न्युनिकरण गर्न कैलाली ट्राफिक सक्रिय, इन्सपेक्टर वकिल आफै 'फिल्ड'मा खटिए

कैलाली । कैलालीमा सार्वजनिक सवारी साधनको यान्त्रीक अवस्थाबारे चेकजाँच गरिएको छ । चाडबाडको समयमा हुने सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर गरी ट्राफिक प्रहरीले सोमबार सवारी साधनको यान्त्रीक अवस्थाबार चेकजाँच गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको समन्वयमा धनगढी बसपार्कमा प्रहरी निरीक्षक वकिल बहादुर सिंह र यातायात ब्यवस्था कार्यालय धनगढीका मेकानिकल ईन्जिनियर रबिन्द्र चौधरीसहितको संयुक्त टोलीले सार्वजनिक सवारी साधनको यान्त्रीक अवस्था चेकजाँच गरेको थियो ।

सवारी धनीहरुले सवारी साधनको यान्त्रीक अवस्था चेकजाँच नगरी सञ्चालन गर्ने सवारी दुर्घटना हुनसक्ने हुँदा सो कार्य गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । नेपालीहरुको महान चाड पर्व वडा दशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा सवारी साधनको चाप बढ्दै जाने भएको हुँदा दुर्घटना न्युनिकरण गर्न कैलाली ट्राफिकले सक्रियता देखाएको छ ।

सवारी साधनको यान्त्रीक अवस्था चेकजाँच नगरी सवारी साधन सञ्चालन गरे सवारी दुर्घटना हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक सिंहले बताए । सो कार्यलाई निरुत्साहित गर्न र सवारी दुर्घटना न्युनिकरण गर्नका लागि सार्वजनिक सवारी साधनको यान्त्रीक अवस्थाबारे सोमबार चेकजाँच गरिएको उनले बताए ।

चाडपर्वमा एउटै सवारी साधन सघनरुपमा प्रयोग हुने तर उचित मर्मतसम्भारमा ध्यान नदिँदा दुर्घटना हुने देखिएकाले सार्वजनिक सवारी साधनका धनी, चालक एवं यातायात व्यवसायीलाई आफू मातहतका साधन निरन्तर जाँच र मर्मत गर्नसमेत प्रहरी निरीक्षक सिंहले निर्देशन दिए ।

यस्तै साथै सवारी साधनका ऐनामा राखिएका झालर तथा रुमालहरु पनि ट्राफिक प्रहरी हटाएको छ । सवारी साधनमा अगाडिको सिसा तथा ऐनामा बिभिन्न किसिमका झालर, रुमाल तथा अन्य सजावटका सामानहरु राखिएका छन भने तुरुन्त हटाउन सवारी धनी तथा चालक बर्गमा कैलाली ट्राफिकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077