Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अनुगमनपछि उपमेयर डंगोलले भनिन् - बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइयो

काठमाडौं । काठमाडौँ महानगरपालिकाले दशैँलक्षित बजार अनुगमन गरेको छ । मंगलबार महानगरपालिकाकी उपमेयर डंगोल नेतृत्वमा दशैँलक्षित बजार अनुगमन गरेको हो ।

उपमेयर डंगोलको टिमले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ।

अनुगमनका क्रममा खाद्य विभागमा उत्पादित मिति मेटिएको खाद्य सामग्री पाइएको थियो।

बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमेयर सुनिता डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताइन्।

टोलीले महानगरभित्र रहेका भित्रि पसलहरुमा गएर सामानको बिल, रजिटस्ट्रेसन गरे/नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077