Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो

एजेन्सी । बङ्गलादेशमा गत आइतबार एक डुङ्गा पल्टिदा मृत्यु हुनेको सङ्ख्या ५१ जना पुगेको छ।

बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिएको थियो।

सो डुङ्गा दुर्घटनामा परी हराएका व्यक्तिको शव भेटिने क्रम जारी छन्। अधिकारीहरुले सोमबार रातिसम्म यहाँ थप व्यक्तिको शव भेटिएको र अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५१ जना पुगेको जनाइएको छ ।

आइतबार डुङ्गा दुर्घटनामा परी आइतबार १६ जनाको मृत्यु भएको जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077