Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मंगलबार १५ अंकले बढ्यो नेप्से, ६६ करोडको सेयर कारोबार

काठमाडौं ।  मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक १५.९२ अंकले बढेर १८३१.०५ विन्दुमा अडिएको छ। यसदिन ६६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

२२९ कम्पनीको २१ लाख सात हजार ७४२ कित्ता सेयर ६६ करोड ३० लाख १३ हजार रुपैयाँमा खरिदबिक्री भएको छ।आइतबार २२८ कम्पनीको ४० लाख १४ हजार ४१९ कित्ता सेयर १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँमा खरिदबिक्री भएको थियो।

१३ वटा समूहमध्ये म्युचुअल फन्ड र होटल एण्ड टुरिजम समूहको सूचक घट्यो बाँकी समूहको परिसूचक बढेको छ। सामुदायिक लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ।

अभियान लघुवित्तको ६.०७ प्रतिशत, अपर हेवाखोला जलविद्युतको ६.०३ प्रतिशत र हिमालयन पावर पार्टनरको ५.९९ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077