Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

फिलिपिन्समा ‘नोरु’ आँधी : ८ जनाको मृत्यु, ३ बेपत्ता

एजेन्सी । सुपर टाइफुन नोरुले फिलिपिन्सको लुजोन टापुमा साताको अन्त्यमा भारी वर्षा र हावा चलेको कारण आठ जनाको मृत्यु भएको छ । साथै अन्य तीन जना बेपत्ता भएको सरकारी निकायले मङ्गलबार जनाएको छ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले मनिलाको उत्तरी प्रान्त बुलाकानमा अचानक बाढीले बगाएको पाँच उद्धारकर्ताको मृत्यु भएको पुष्टि गरेको छ।

नोरु आइतबार दिउँसो अवतरण गरेको केही घण्टापछि एजेन्सीले क्युजोन प्रान्तमा एक र जाम्बालेस प्रान्तमा दुईवटा आँधीका कारण थप तीन जनाको मृत्यु भएको जनाइएको छ।

यस एजेन्सीले ती तीन जनाको कसरी मृत्यु भयो भन्ने विवरण भने दिएको छैन। एजेन्सीले मनिलाको दक्षिणपूर्वी बिकोल क्षेत्रमा थप तीन जना हराइरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077