Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संविधानलाई बचाउनको निम्ति गठबन्धन बनेको हो : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनको निम्ति गठबन्धन बनेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनले मंगलवार बडा दशैँ तथा शुभ दिपावली लगायतका पर्वहरुको अवसरमा काठमाडौंमा गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री बडूले सो कुरा बताएका हुन् ।

उनले तत्कालित सत्तारुढ पार्टीले दुई पटक संसद विघटन गरेर संविधानलाई मार्न खोजेकोले संविधानलाई बचाउन गठबन्धन भएको बताए।

मुलुकको स्थिरताका लागि प्रतिपक्षमा रहेको कांग्रेसलाई खोजेर मुलुकको नेतृत्व दिनुपरेको उनले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077