Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुनिता डंगोलले भनिन् - डवली संस्कृतिलाई पुनर्स्थापना गर्नेछौँ

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले डबली संस्कृतिलाई पुनर्स्थापना गरिने बताएकी छिन् ।

विश्व पर्यटन दिवस(२०२२ का अवसरमा महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले बसन्तपुरमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

‘अमूर्त संस्कृतिको विस्तार गर्ने ठाउँ नै डबली हो । यसबाट प्रदर्शन हुने कलाले शहरलाई जीवन्त बनाउने मात्र होइन । विश्वभर परिचित पनि गराउँछ । त्यसैले हामी डबली पुनर्स्थापनाको सोचलाई पर्यटनसँग जोडेर वर्षभरि काम गर्नेछौं’ डंगोलले भनिन् ।

कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले जीवन्त सांस्कृतिक शहरलाई प्रबर्द्धन गरेर पर्यटन विस्तार गर्नुपर्ने बताए ।

‘महानगरका मौलिकता र यससँग जोडिएका संस्कृति, पर्यटकका रुचीकर छन् । यसलाई स्थानीयबासीको आय र जीविकोपार्जनसँग जोड्नुपर्छ,' संयोजक संगतले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077