Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सल्यानमा बिहेको जीप दुर्घटना : ८ जनाको मृत्यु, एक घाइते

दाङ । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

रा १ ज ५६३ नम्बरको जीप राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार एक जना गम्भीर घाइते भएका छन् । मतृकमध्ये एक महिला र सात पुरूष रहेको बताइएको छ ।

हालसम्म मृतक कसैको पनि पहिचान खुली सकेको छैन। नेपालगञ्जबाट कपुरकोट–६ जलवाङका लागि हिँडेको जिप बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। बाँकेको ढकेरीबाट बिहेबाट फर्कँदै गरेका व्यक्तिहरु दुर्घटनामा परेको बुझिएको छ। घटनास्थलमा प्रहरीसहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीयवासिन्दा उद्धारमा खटिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077