Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले छुट्टाछुट्टै स्थानबाट सात जनालाई पक्राउ गरेको छ ।

प्रहरीले घोराही उपमहानगरपालिका११ बन्चरेबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ५ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका१२ हिलेखर्क बस्ने ३२ वर्षीय जिवराज रावतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा जिवराजलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तौ कञ्चनपुरको बेलौरी नगरपालिका-६ वैशाखाबाट अवैध लागूऔषध खैरो हेरोईन २ ग्राम १६ मिलीग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-५ गुलरिया बस्ने २७ वर्षीय जय किसन चौधरी र कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँ बस्ने २८ वर्षीय महेश ओझा रहेका छन ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले मे.७ प ९८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त ठाउँमा जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको थियो ।

प्रहरीले झापाको मेचीनगर नगरपालिका-६ मेचीपुलबाट ७५ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित ३० वर्षीय बिजय लामालाई प्रहरीले पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले लामालाई पक्राउ गरेको हो ।

यसैगरी झापाको बिर्तामोड नगरपालिका-५ पाथिभरा टोलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १३ ग्राम सहित ईलाम माई नगरपालिका-२ बस्ने २२ वर्षीय केविन्द्र गोले समेत ३ जनालाइ पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077