Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चलचित्र ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक

काठमाडाैं । असोजको २१ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको कमेडी ट्रेलर सार्वजनिक गरिएको हो ।

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेन,आदि लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् ।

ट्रेलरमा दया र सौगातबीचको मित्रता र दुई नायिकासँग दुई साथीको प्रेमलाई देखाइएको छ। सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रमा सह–निर्माताको रुपमा मिठ्ठु तामाङ्नी रहेकी छिन्।

सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रमा जयन जे वाइवाको संगीत रहेको छ।

फिल्मका लेखक तथा निर्देशक दीपेन्द्र लामा हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077