Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भरुवा बन्दुकसहित रोल्पाबाट विक्रम बोहरा पक्राउ

रोल्पा । प्रहरीले भरुवा बन्दुकसहित रोल्पाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भरुवा बन्दुकसहित त्रिवेणी गाउँपालिका २‚ घोगेबाट २८ वर्षीय विक्रम बोहरालाई पक्राउ गरेको हो ।

घोगेमा अवैध भरुवा बन्दुक बोकेर हिँडिरहेको खबर पाएपछि होलेरीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले उनलाई गाउँबाटै पक्राउ गरेका थिए ।

सार्वजनिकस्थलमा अवैध हतियार बोकेको आरोपमा बोहरालाई नियन्त्रणमा लिएको थियो ।

बोहराका साथबाट भरुवा बन्दुक, त्यसमा लाग्ने दुईवटा फलामे रडका टुक्रा र दुईवटा छर्रासमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

नियन्त्रणमा लिइएका बोहराविरुद्ध हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा मुद्दा लगाउने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077