Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राप्रपा नेता पशुपति राणा भन्छन् - लिङ्देन र मिश्रले अब देशका लागि प्रष्ट भिजन दिनु पर्छ

काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाले रवीन्द्र मिश्र र राजेन्द्र लिङ्देनले देशलाई निकास दिने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी तथा रवीन्द्र मिश्र समूहबीच एकता घोषणा कार्यक्रममा बोल्दै राणाले यस्तो बताएका हुन् ।

उनले पार्टी अध्यक्ष लिङ्देन र मिश्रले देशमा नयाँ सिराबाट राजनीति गर्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘हामीहरू अरू पार्टी जस्तै बनेर जानु हुँदैन हामीले देशका लागि प्रष्ट भिजन दिन सक्नु पर्छ ।’

अबको निर्वाचन देशको भाग्य निर्धारण गर्ने मौका भएकाले सदुपयोग गर्न उनले सर्वसाधारणलाई आग्रह पनि गरे ।

मुलुक विकासको छायामा होइन मूल ज्योति मै रहनुपर्ने उनको भनाई छ । अब पूर्वबाट मात्रै होइन पश्चिमबाट पनि सूर्य उदाउने अवस्थामा पुर्‍याउनु पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077