Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काकाको रड प्रहारबाट चार वर्षीय भतिजोको मृत्यु

धनुषा । धनुषामा काकाको रड प्रहारबाट भतिजोको मृत्यु भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा स्थानीय रवि पासवानको रड प्रहारबाट चार वर्षीय बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार दिउँसो रविले फलामको रडले हिर्काउँदा उनकै भतिजो चार वर्षीय अनुप पासवानको मृत्यु भएको हो ।

रड प्रहारबाट गम्भीर घाइते अनुपको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले रविलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077