Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आइकाओ महासभामा मन्त्री श्रेष्ठको सम्बोधन – नेपाली आकाश सुरक्षित छ

    आइकाओ महासभामा मन्त्री श्रेष्ठको सम्बोधन – नेपाली आकाश सुरक्षित छ

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 837
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली आकाश सुरक्षित रहेको बताएका छन् ।

    क्यानडाको मड्रियल सहरमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४१ औं त्रैवार्षिक महासभामा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    उनले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए ।



    आइकाओको प्रतिवेदनमा हवाई सुरक्षा मापदण्ड परिपालनमा नेपालको अङ्क विश्वव्यापी मापदण्डभन्दा बढी रहेको बताउँदै मन्त्री श्रेष्ठले नेपाली आकाश सुरक्षित रहेको बताए ।

    उड्डययन क्षेत्रलाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रतिबद्धता रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार