Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कारबाही माग गर्दै पर्यटनमन्त्री श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी

    कारबाही माग गर्दै पर्यटनमन्त्री श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 897
    SHARES

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठलाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

    व्यापारीबाट प्रभावित भएर मन्त्री श्रेष्ठले प्रतिबन्धित मदिराको आयात निर्वाचन अघि नै खुलाउन लागि परेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले आयोगमा उजुरी दर्ता गराएको हो ।



    निर्वाचनको संघारमा आफैं उम्मेदवार र मन्त्री जस्तो पदमा रहेको व्यक्तिले व्यापारीलाई लाभ पुग्नेगरी मदिराको आयात खोल्न लाग्नु निर्वाचन कसुर ऐनको बर्खिलाप भएको मञ्चले दिएको उजुरीमा उल्लेख छ ।



    मञ्चले भनेको छ, ‘मदिरा आयात खोल्न दबाव दिने उम्मेदवार एवम् मन्त्री श्रेष्ठलाई कारबाही गरिनु पर्छ।’

    प्रतिबन्धित वस्तुको आयात निर्यातको अनुमति र निर्णय गर्ने निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेको भन्दै मन्त्री श्रेष्ठले नेपाल सरकार कार्यविभाजन नियमावली विपरीत भएको पनि मञ्चको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार