Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पर्यटन मन्त्री श्रेष्ठ भन्छन्- नेपाल संवतलाई राष्ट्रिय रूपमा मान्यता दिन आवश्यक छ

    पर्यटन मन्त्री श्रेष्ठ भन्छन्- नेपाल संवतलाई राष्ट्रिय रूपमा मान्यता दिन आवश्यक छ

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 597
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक रहेको बताएका छन् ।

    मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा आयोजना गरेको नेपाल सवत न्हूँद विषय विद्वत्गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।



    श्रेष्ठले भने, ‘शंखधर शाख्वाको नाममा राष्ट्रिय स्तरको प्रतिष्ठान आवश्यकता रहेको छ । त्यस्ता प्रतिष्ठानहरु छन् तर, राष्ट्रिय रूपमा नै स्वीकार्य गर्ने वा राष्ट्रिय रूपमा प्रतिनिधित्व हुने गरी प्रष्ठिान विकास गरेर अगाडि बढाउनसक्यौँ भने शाख्वाका जीवन, योगदान र इतिहासका विषयमा राष्ट्रियस्तरमा जानकारी लिन सहज हुनसक्छ ।’



    उनले राष्ट्रियस्तरको प्रतिष्ठान भएमात्रै नेपाल संवत र शंखधर शाख्वाको इतिहास र योगदानको प्रचार हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार