Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मन्त्री श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका शेरजंग गुरुङ रिहा

    मन्त्री श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका शेरजंग गुरुङ रिहा

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्न आग्रह गरेकै कारण थुनामा परेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन् ।

    मन्त्री श्रेष्ठको दबाबमा पक्राउ गुरुङ आज साधारण तारेखमा रिहा भएका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार गुरुङलाई आवश्यक प्रक्रिया पूरा गरी साधारण तारेखमा थुनामुक्त गरिएको जानकारी दिए । गुरुङसँग प्रशासनले केहीबेर बयान लिएको थियो ।



    त्यसपछि प्रमुख जिल्ला अधिकारीको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । बयानमा उनले आफूले कुनै गल्ती नगरेको र आफ्नो ड्युटी पूरा गरेको बयान दिएका छन् ।



    व्यक्तिगत कामका लागि ठमेलस्थित छाँयासेन्टर पुगेका पर्यटन मन्त्री श्रेष्ठलाई लाइन नमिच्न आग्रह गर्दा सुरक्षागार्ड उनी परेका थिए । गुरुङमाथि अभद्र व्यवहारमा मुद्धा चलाउने तयारी थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार