Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डले बुधबार गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म सञ्चालन गरेको परीक्षा नतिजा सार्वजनिक गरेको हो।

बोर्डको विज्ञप्तिअनुसार उक्त परीक्षामा कुल ११ हजार ६ सय ३३ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ग्रेड वृद्धितर्फ १० हजार ३ सय ५३ र आंशिकतर्फ १२ सय ८० सहभागी थिए। आंशिकतर्फ ५ सय ९१ जनामात्रै उत्तिर्ण भएको बोर्डले जनाएको छ।

लेटर ग्रेडिङतर्फ कक्षा ११ र १२ को सैद्धान्तिकतर्फ डी प्लस र प्रयोगात्मकतर्फ न्यूनतम सी ग्रेड प्राप्त गर्ने र अंकाङ्कनतर्फ सबै विषयमा उत्तीर्ण भएका परीक्षार्थीहरूले

नतिजा प्रकाशन भएको मितिले १५ दिनपछि ट्रान्सक्रिप्ट,माइग्रेसन र प्रोभिजनल प्रमाणपत्रका लागि रसिद काट्न सक्ने बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077