धनुषा । नेकपा एमालेका नेता गंगाराम यादव जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।
धनुषाको शहिदनगरमा आयोजित एक समारोहबीच जसपा अध्यक्ष उपेन्द्र यादवले नेता यादवलाई पार्टीमा स्वागत गरेका हुन् ।
धनुषा २ बाट नेकपा एमालेले उमाशंकर अरगरियालाई उम्मेदवार बनाउँदैछन् ।
असोज ८ मा धनुषामै आएर एमाले अध्यक्ष केपी ओलीले अरगरियालाई भित्र्याएपछि नेता यादव रुष्ट थिए । ओलीले अरगरियालाई उम्मेदवार बनाउने भएपछि नेता यादव एमाले परित्याग गरेका हुन् ।