Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दलितमाथि ‘कुटपिट गर्ने’ वडाध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दायर

बाजुरा । बाजुराको एक मन्दिरमा दलित प्रवेश गरेको भन्दै कुटपिट गरेको आरोपमा वडाध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारलाई कुटपिट गर्ने वडाध्यक्षसहित ३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता भएको हो ।

वडाध्यक्ष अयडी अयडी नेपाली काँग्रेस निर्वाचित भएका हुन् । उनीहरुमाथि जातिय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा अनुसन्धान हुनुपर्ने माग गरिएको छ।

नाटेश्वरी मन्दिरमा नवरात्रको पूजाआजा गर्न हालको घर भएको कन्चनपुरबाट पुर्ख्यौली घर बाजुरा पुगेका सुनारलाई मन्दिर प्रवेश गरेर पूजा किन गरेको भन्दै वडाध्यक्ष अयडीसहित स्थानीय रंगलाल पाध्याय र विनोद अयडीले निर्घात कुटपिट गरेका थिए ।

मन्दिरमा पूजा गरिरहेको बेला कुटपिटपछि सुनारको आँखा, ढाड, छातिमा चोट लागेको छ। उनीहरुले सुनारसँग रहेको नगद ६० हजार रुपैयाँसमेत लुटेको जाहेरीमा उल्लेख छ । प्रहरीले बडाध्यक्षलाई पक्राउ गरेको छ। अन्य २ जना भने फरार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077