Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सवारी दुर्घटना कम गर्न काभ्रेपलाञ्चोकमा टिपर चलाउन निषेध

काभ्रेपलाञ्चोक । दसैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालनमा निषेध गरेको छ ।

कार्यालयले अरनिको र बीपी राजमार्गमा टिपर सञ्चालन गर्न निषेध गर्दै अरू सवारीसाधनका लागि टाइम कार्ड लागु गर्ने निर्णय गरेको हो ।

यातायात सेवा समितिका पदाधिकारीसँगको छलफलमा दुई राजमार्गमा आजदेखि यही असोज २४ गतेसम्म टिपर सञ्चालन गर्न नपाउने तथा सार्वजनिक सवारीसाधनका लागि टाइम कार्ड लागु गरी सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो ।

केन्द्रीय राजधानी काठमाडौंबाट दसैँ मनाउन काभ्रेपलाञ्चोकको रुट भएर मध्यपूर्व हुँदै पूर्वी जिल्ला जाने–आउने यात्रुको चापलाई व्यवस्थापन गर्न उक्त निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077