Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • चन्दाको बाकस राखेर रवीन्द्र मिश्रले गरे उम्मेदवारी घोषणा

    चन्दाको बाकस राखेर रवीन्द्र मिश्रले गरे उम्मेदवारी घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेका छन् ।

    मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी घोषणा गरेका हुन् ।



    विवेकशील साझा त्यागेर राप्रपासँग एकीकरण गरेका वरिष्ठ उपाध्यक्ष बनेका उनले आज (शुक्रबार) उम्मेदवारी घोषणा गरेका हुन् । मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थित भए ।



    मिश्रले मञ्चमा एक छेउमा चन्दा बाकस पनि राखेका छन् ।

    मिश्र २०७४ को संसदीय चुनावमा पनि सोही क्षेत्रमा उम्मेदवार रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार