Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रवीन्द्र मिश्र भन्छन् – अर्को दशैंमा नारायणहिटी दरबारमा टिका लगाउन पाइयोस्

    रवीन्द्र मिश्र भन्छन् – अर्को दशैंमा नारायणहिटी दरबारमा टिका लगाउन पाइयोस्

    अनलाइन नेपाल
  • मंगलबार, ७ कार्तिक २०८०
  • 2K
    SHARES

    काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अर्को वर्ष नारायणहिटी दरबारमा दशैंको टिका लगाउन पाईयोस भन्ने चाहना राखेका छन् ।

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग निर्मल निवासमा टिका ग्रहण गरेको तस्विर सार्वजनिक गर्दै मिश्रले यस्तो चाहना राखेका हुन् ।



    उनले निर्मल निवासमा स्वार्थरहित सर्वसाधारणको थामी नसक्नु भीड रहेको र शीतल निवासमा पार्टी आवद्ध र उच्चपदस्थको पातलो उपस्थिति रहेको टिप्पणी गरेका छन् ।



    उनले लेखेका छन्-

    “सरकार ! अर्को दशैँमा
    नारायणहिटी दरबारमा
    टीका लगाउन पाइयोस् !”

    तीन घण्टा लाइनमा बसेर टीका लगाउँदा मैले भनेँ । बाहिर आएर समाचार हेर्दा थाहा पाएँ : निर्मल निवासमा स्वार्थरहित सर्वसाधारणको थामी नसक्नु भीड रहेछ। शीतल निवासमा पार्टी आवद्ध र उच्चपदस्थको पातलो उपस्थिति रहेछ।

    फरक यही हो । राजा र राष्ट्रपतिबीच! #विचारभन्दामाथिदेश, #देशकालागिनरेश

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार