Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मेयर बालेनलाई समर्थन गर्दै रवीन्द्र मिश्रले भने – राज्यले कानूनी शासनको नैतिक धरातल गुमाई सक्यो !

    मेयर बालेनलाई समर्थन गर्दै रवीन्द्र मिश्रले भने – राज्यले कानूनी शासनको नैतिक धरातल गुमाई सक्यो !

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 816
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राज्यले कानूनी शासनको नैतिक धरातल गुमाएपछि न्यायलयको फैसलामाथि प्रश्न उठ्ने बताएका छन् ।

    सामाजिक संञ्जालमा लेख्दै वरिष्ठ उपाध्यक्ष मिश्रले मेयर बालेन्द्र साह बालेनले गरेको अदालतप्रतिको टिप्पणीको समर्थन गर्दै अदालतलाई ५ प्रश्न गरेका हुन् ।



    अदालतको फैसला नमान्ने मेयर बालेनको घोषणालाई धेरैले आलोचना गरेको बताउँदै मिश्रले देशमा राजनीति मुछिएका मुद्दाहरूमा न्यायपालिकाप्रतिको विश्वास रसातलमा पुगिसकेको बताए।



    मिश्रले यस्तो अवस्थामा अदालतको आदेश किन मान्ने भन्दै ५ प्रश्न अघि सारेका छन् । उनले देश पूर्णत असफल राज्य हुन अन्य विविध कारणहरूका अलावा न्यायलय र सेनाको संस्था विफल हुनु पर्ने बचाउँदै नेपालमा राजनीति गाँसिएका विषयमा न्यायलय बारम्बार विफल साबित भइसकेको बताएका छन् ।

    अब सेनालाई पनि यसैगरी गन्धा राजनीतिले गाँज्ने हो भने देश असफल राज्यको संघारमैँ पुग्ने मिश्रले टिप्पणी गरेका छन् । बालेनको प्रश्नलाई सो परिप्रेक्षमा हेरेर न्यायपालिकामा सुधार नगर्ने हो भने यसले कुनै विन्दुमा गम्भिर संकट निम्त्याउने उनले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार