Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ ।

असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय अन्तर्गत महिला क्रिकेट भने असोज २३ गतेदेखि नै सुरु हुनेछ । राष्ट्रिय खेलकुद परिषदले सार्वजनिक गरेको खेलतालिका अनुसार महिला क्रिकेट असोज २३ देखि कात्तिक १ गतेसम्म हुने छ ।

प्रतियोगितामा कुल ९ टोलीले सहभागिता जनाउने छन् । ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल एपीएफ क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश छन् ।

त्यस्तै समूह बी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश र मधेश प्रदेशले खेल्नेछन् । सोही दिन नै हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077