Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले नेता राईद्धारा प्रशासकीय अधिकृतलाई ज्यान मार्ने धम्की

धनकुटा । नेकपा एमालेका नेता राजेन्द्र राईले धनकुटाको पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएका छन्।

प्रतिनिधिसभाका निवर्तमान सांसद समेत रहेका राईले बिहीबार दिउँसो पौडेललाई फोनमार्फत ज्यान मार्ने धम्की दिएका हुन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको टेलिफोन सम्वादमा राईले पौडेललाई सरुवा भएर नगए अस्तित्व ‘समाप्त’ पारिदिने धम्की दिएका छन्।

राईले फोन संवादमा तनहुँबाट आएर मेरो ठाउँमा शासन गर्ने भन्दै उनले धम्की दिएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्रै पौडेलले पनि बचाउन नसक्ने पौडेललाई राईको चेतावनी छ ।

धनकुटा छोडेर नगए देखाइदिने राईको चेतावनी छ । राईले ज्यान मार्ने धम्की दिएपछि पौडेलले सरकारका निकायसँग सुरक्षा माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077