Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चलचित्र ‘के घर डेरा’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘के घर डेरा’को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक ४ गते रिलिज हुने चलचित्रको ट्रेलर आज सार्वजनिक भएको हो ।

सार्वजनिक ट्रेलरमा काठमाडौं घर बनाउन कति कठिन छ भन्ने देखाइएको छ । चलचित्रमा दयाहाङ राई र विपीन कार्कीले काठमाडौंमा घरका लागि गर्ने संघर्ष र छलछाम देखाइएको छ ।

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ राई, विपीन कार्की, सुरक्षा पन्त, वर्षा राउत मुख्य भूमिकामा छन् भने रबीन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी लगायतको पनि अभिनय रहेको छ ।

ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन चलचित्रका निर्माता हुन् ।

कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले काठमाडौंमा घर हुने र डेरामा बस्ने मानिसको कथालाई प्रस्तुत गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077