Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रुकुम माओवादीले भन्यो - तीन वटै सीट नपाए परिणाम अनपेक्षित हुन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रले रुकुम पश्चिमका तीन वटै सीट नपाए परिणाम अनपेक्षित हुने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै जिल्ला संयोजक गोविन्द रोकाले यसअघि जितेका क्षेत्रलाई यथावत राखेर सिट बाँडफाँट गर्न आग्रह गरेका छन् ।

रोकाले लेखेका छन् -' सिट बाँडफाँडको लागि गठबन्धन दलहरूले यसअघि जितेका क्षेत्रहरू यथावत् राखी अन्य क्षेत्रमा मात्र भागबन्डा मिलाउने भनी यसअघि निर्धारण गरिएको मापदण्ड अनुसार नै सिट

बाँडफाँट सम्बन्धी निर्णय गर्न नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम जोडदार माग गर्दछ । अन्यथा भएमा रुकुम पश्चिममा त्यसको परिणाम अनपेक्षित हुनसक्ने तर्फ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।'

गठबन्धनको सीट बाँडफाँटमा रुकुम पश्चिमको एउटा प्रदेश सभाको एउटा सीट नेपाली कांग्रेसले पाउने चर्चा चलिरहेका बेला माओवादीको यस्तो चेतावनी आएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077