Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले कर्णाली प्रदेश सदस्य कुँवर र मल्ल माओवादीमा प्रवेश

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश सदस्य नेपबहादुर कुँवर र तिलक मल्ल नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

दुवै पूर्वमाओवादी नेताहरुलाई अध्यक्ष प्रचण्डले शुक्रबार पार्टीमा स्वागत गरेका छन् ।

उनीहरु तत्कालीन नेकपा विभाजनपछि बादल समूहसँगै एमालेमा रहेका थिए ।

कुँवर माओवादी जनमुक्ति सेनाका कमाण्डरसमेत थिए ।

पार्टी प्रवेश कार्यक्रममा माओवादी नेताहरु मात्रिका यादव, टेकबहादुर बस्नेत, रमेश मल्ललगायत थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077