Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खाँदबारीमा करेन्ट लागेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–१ चाँदनी चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–९ का ४२ वर्षीय वद्री विष्ट रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार शुक्रवार दिउँसो खाँदबारी–१ चाँदनी चोकस्थित नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकको निर्माणाधीन भवनमा काम गर्ने क्रममा साइट इन्चार्ज विष्ट करेन्ट लागेर घाइते भएका थिए ।

उनको उपचारका क्रममा संखुवासभा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077