Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानमा सरकार विरोधी प्रदर्शनमा थप १९ जनाको मृत्यु

काठमाडौँ । इरानमा एक २२ वर्षीय युवकको मृत्युलाई लिएर देशमा शुरु भएको सरकार विरोधी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीचको भएको घातक झडपमा शुक्रबार १९ जनाको मृत्यु भएको छ ।

कुर्दिश महिला, महसा अमिनी अनुचित पोशाक लगाएको आरोपमा उनको गिरफ्तारपछि प्रहरी हिरासतमा मृत्यु भएको थियो।

इरानको सरकारी समाचार एजेन्सी इरनाले सिस्तान र बलुचिस्तानका प्रान्तीय गभर्नर होसेन मोदार्रेस खियाबानीलाई उद्धृत गर्दै उक्त भिडन्तमा १९ जनाको मृत्यु भएको र २० जना घाइते भएको बताएको छ। मानव अधिकार समुहका अनुसार अहिलेसम्म इरानको प्रदर्शनमा मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

इरानी प्रदर्शनकारी र प्रहरीबीच दक्षिणपूर्वी इरानमा हिंसात्मक झडप भएको हो । इरानको सुन्नी अल्पसङ्ख्यकका उपासकहरूले सिस्तान र बलुचिस्तान प्रान्तको राजधानी जाहेदानमा रहेको मक्की ग्रान्ड मस्जिदमा शुक्रबारको प्रार्थना छोड्दा भिडन्त भएको भ्वाइस अफ अमेरिकाले उल्लेख गरेको छ।

मस्जिद भित्रबाट खिचिएको एउटा भिडियोमा उपासकहरू बाहिर निस्किँदै गर्दा बाहिर बन्दुक पड्किएको आवाज सुनिएपछि भागदौड मच्चिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077