Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ : केपी ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले म्याराथन दौडिने पार्टी नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको समेत स्पष्ट पारे ।

अध्यक्ष ओलीले भने, ‘निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ, यो रिले रेस होइन म्याराथन दौडिने पार्टी हो ।’

उनले एमाले ढोडको लौरो टेक्ने पार्टी नभएको बताउँदै आफ्नै खुट्टामा भर परेर हिँड्ने पार्टी भएको दाबी गरे । त्यसैले एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने जिकिर समेत उनले गरे ।

उनले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा केही सिटमा अन्य विचार मिल्ने पार्टीसँग सहमति कायम हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077