Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सीट बाँडफाँटमा जसपा असन्तुष्ट, एक्लै चुनावमा जान पनि तयार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सत्ता गठबन्धनमा भइरहेको सीट बाँडफाँडमा असन्तुष्टि जनाएको छ ।

आज बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले आसन्न संसदीय निर्वाचनका लागि सत्ता गठबन्धनमा भइरहेको सीट बाँडफाँड सन्तोषजनक नरहेको निष्कर्ष निकालेको हो ।

५ दलीय गठबन्धनको विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसँग पनि सीट तालमेल गर्न सकिने र सो पनि हुन नसकेको अवस्थामा जसपा एक्लै निर्वाचनमा भाग लिने निर्णय पनि भएको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

गठबन्धनभित्र सिट बाँडफाँटसम्बन्धी छलफलमा जसपाका लागि सन्तोषजनक अवस्था नदेखिएको ‘प्रेस नोट’मा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077