Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लागु औषधसहित बसका चालक पक्राउ

डोटी । दिपायलबाट प्रहरीले लागु औषधसहित १ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिकेदार गाउँपालिका–१ बस्ने २९ वर्षीय खडक बहादुर कलेल रहेका छन् ।

उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारबाट करिब ३ ग्राम ८३ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कलेल बस चालक हुन् । इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले सु-प-प्र.०१००१ ख २८२६ नम्बरको बसलाई

जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी बसका चालक कलेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077