Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • फुटबल स्टेडियममा भागदौड मच्चिँदा १२७ जनाको मृत्यु

    फुटबल स्टेडियममा भागदौड मच्चिँदा १२७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १६ असोज २०७९
  • 918
    SHARES

    जकार्ता ।भएकाे छ भने १८० जना घाइते भएको इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखले बताएका छन् ।​

    इन्डोनेसियाली प्रिमियर लिगको खेल समाप्त भएपछि दुई प्रतिद्वन्द्वी फुटबल टोलीका समर्थकहरू बीच धेरै विवाद भएको थियो । जसमा पर्सेबाया सुराबायाले अरेमा मलंगलाई ३-२ ले हराएको थियो ।



    हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए भने भीड नियन्त्रण गर्न अधिकारीहरूले अश्रु ग्यास प्रहार गरेका थिए । जसका कारण भीडमा भागदौड मच्चिएको थियाे ।



    अश्रु ग्यासबाट बच्न सयौं मानिस बाहिर निस्किएर गेटमा दौडिए । कोही अराजकतामा निसासिए र अरूलाई कुल्चिए, जसबाट धेरै मानिसहरूकाे तत्कालै मृत्यु भएकाे समाचार एजेन्सी एएफपीले इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै बताएकाे छ ।

    ३ सयभन्दा बढी घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालहरूमा लगिएको थियो तर धेरैको बाटोमा र धेरैकाे उपचारका क्रममा मृत्यु भएकाे हाे ।

    इन्डोनेसियाली फुटबल संघ ले घटनाले ‘इन्डोनेसियाली फुटबलको अनुहार कलंकित गरेको’भन्दै अनुसन्धान सुरु गरेको बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार