Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीन महिनाको तलबले असहायलाई कपडा बाँड्दै मेयर हमाल

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले तीन महिनाको सेवासुविधाबापत पाएको रकम सामाजिक कार्यमा लगाएका छन्।

हमालले साउन, भदौ, असोज र पर्व खर्चबापत पाएको २ लाख ६७ हजार ८ सय समाज सेवामा समर्पित गरेका हुन्।

उनले तीन महिनाको पारिश्रमिक रकम विभिन्न संस्थाहरूको संरक्षणमा रहेका २६९ जना बालबालिका तथा असहायहरूलाई पोसाक किन्नका लागि उपलब्ध गराउने भएका छन् ।

मेयर हमालले आइतबार दृष्टि फाउन्डेसनमा आश्रित ५५ जना, मानव सेवा आश्रममा आश्रित ५६ जना, आमाको माया छात्राबास तारानगरमा आश्रित ३० जना र नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा आश्रित ५ जनालाई पोसाक वितरण गरेका छन् ।

यस्तै दक्षिणकाली अधारभूत बहिरा विद्यालय बेलाका १ सय ५ जना विद्यार्थी, गेटा अपाङ्ग समाजका ५ जना र पञ्चोदय माविमा अध्ययनरत १८ जना दृष्टिविहिन विद्यार्थीलाई दसैंपछि पोशाक वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077