Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एक हजार दरको ३१ थान नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

सिरहा । एक हजार दरको नक्कली नोटसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्लाको नरहा गाउँपालिका-४ स्थितबाट १ हजार दरको ३१ थान नक्कली नेपाली नोटसहित भारत सितामरही भारसर चोक बस्ने २१ वर्षीय मो रेजाउल्लाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077