Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झापा जाँदै गरेको बस हेटौँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुर । काठमाडौंबाट झापा जाँदै गरेको बस हेटौँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै ना ७ख २०३२ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो ।

मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेका छन् ।

यस्तै दुर्घटनामा परी अन्य ३६ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बस आफैँ अनियन्त्रित भई नालीमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077