Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मनास्लुमा हिमपहिरो जाँदा १ जना बेपत्ता, दुई हेलिकोप्टरको सहायतामा खोजिँदै

काठमाडौँ । मनास्लु हिमालमा पहिरो जाँदा बेपत्ता भएका एकजना अझै भेटिएका छैनन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार हिजो दिउँसो करिब २ बजे खसेको हिमपहिरोमा परी एकजना बेपत्ता भएका हुन् । गोरखाकै चुमनुव्री गाउँपालिका–१ स्थित क्षेत्रमा हिमपहिरो खसेको हो ।

अहिले दुई हेलिकोप्टरको सहायतमा बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरीले बताए । प्रहरीका अनुसार सिम्रिक र एभरेस्टको हेलिकोप्टरबाट उद्धारकर्ता बेपत्ताको खोजीमा जुटेका छन् ।

हिमाल आरोहीका नेपाली सहयोगी बेपत्ता भएका हुन् । उनको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । मनास्लुको दोस्रो बेसक्यापबाट पहिलो बेसक्यामतर्फ हिमपहिरो खसेको हो ।

हिमपहिरोको समयमा त्यहाँ चारजना रहेका थिए । तीनजना भने सकशुल फिर्ता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077