Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेश महासमिति सदस्य गुरुङ नै एमाले प्रवेश , तनहुँमा पौडेल र भण्डारीलाई समस्या

काठमाडौं ।  निर्वाचनको मुखमा नेपाली कांग्रेस तनहुँका महासमिति सदस्य तथा नेपाल तरुण दल चार नम्वर प्रदेशका प्रमुख पूर्णबहादुर गुरूङ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुरुङलाई खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्। उनी सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन् । यसअघि असोज ५ गते बुधबार नै गुरूङले केपी ओलीसँग भेटवार्ता गरेका थिए ।

एमालेले उनलाई तनहुँ क्षेत्र न.१ (ख) बाट प्रदेश सदस्यमा चुनाव लडाउने तयारी गरेको छ । एमालेले पूर्ण गुरुङलाई टिकट दिने बुझिएको छ ।

उनले ५ हजार भन्दा बढी कार्यकर्ता हरुलाई एमालेमा प्रवेश गराउन लागेका छन् । जसका कारण तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य शंकर भण्डारीलाई ठुलो समस्या आउने अवस्था देखिएको छ ।

गुरुङले यसअघि पौडेलसँग बागी बनेर चुनाव लड्दा करिब पाँच हजार मत ल्याएका थिए। गुरुङले क्षेत्र नं. १ मा एमालेबाट टिकट पाए भने रामचन्द्र पौडेललाई ठूलो धक्का लाग्नेछ । तनहुँ क्षेत्र नं.१ मा नेता रामचन्द्र पौडेललाई समाजबादीका नेता किसान श्रेष्ठले छाड्ने बताइसकेका छन्।

यस्तो अवस्थामा गुरुङले एमालेबाट टिकट पाए भने जीत सुनिश्चित भएको दावी गर्दै आएका पौडेल समस्यामा पर्ने देखिन्छ । गुरुङलाई कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले पनि समर्थन गर्ने बुझिएको छ।

कांग्रेस र युवा कार्यकर्ताहरुमाझ लोकप्रिय रहेका गुरुङको तनहुँमा ठूलो पकड रहेको हुँदा पनि ओलीले उनलाई टिकट दिन सक्ने एमालेकै नेताहरु बताउँछन् । गुरुङ कांग्रेस केन्द्रिय सदस्य शंकर भण्डारीका विश्वासिला नेता पनि हुन्।

कांग्रेसले पार्टीमा पकड भएका युवाहरुलाई उपेक्षा गरिरहेको बेला एमालेले गुरुङलाई आज  पार्टी प्रवेश गराएपछि तनहुँ कांग्रेसमा ठूलो उथलपुथल भएको छ ।  जसको प्रत्यक्ष असर शंकर भण्डारी र रामचन्द्र पौडेलदेखि सिङ्गो कांग्रेसलाई नै परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077