Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गोन्जालोद्वारा फुटबल जीवनबाट सन्यासको घोषणा

एजेन्सी । अमेरिकी फुटबल क्लब इन्टर मियामीका फरवार्ड गोन्जालो हिगुईनले सन्यासको घोषणा गरेका छन्।

उनले सोमबार फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन्। उनले २०२२ सिजनको अन्त्यपछि फुटबल नखेल्ने घोषणा गरेका हुन्।

३४ वर्षीय उनले चार सिजन युभेन्ट्समा बिताएपछि मियामीमा खेल्न थालेका थिए । सन् २०१६ मा नापोलीबाट युभेन्ट्स पुगेका उनले १४९ खेलमा ६६ गोल गरेका थिए।

हिगुईनले क्लब फुटबलमा ७ सय बढी खेल खेल्दै ३ सय बढी गोल र १ सय बढी असिस्ट गरेका छन् । अर्जेन्टिनाका लागि उनले ७५ खेलमा ३१ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077