Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

लागूऔषधसहित पर्वतबाट लुपेन्द्र र विक्रम पक्राउ

पर्वत । लागूऔषधसहित प्रहरीले पर्वतबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कुश्मा नगरपालिका-७ दुर्लुङग चोक बस्ने ३५ वर्षीय लुपेन्द्र पुन र नवलपरासी सुनौल नगरपालिका-७ बस्ने ३३ वर्षीय विक्रम राना मगर रहेका छन् ।

प्रहरीले उनिहरुको साथबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४९ एम्पुल, नोर्फिन ४९ एम्पुल र फनारगन ४९ एम्पुल बरामद गरेको छ ।

पुनको घरमा अवैध लागूऔषध सेवन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले कोठामा लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077