Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जब पानीमा रुझ्दै कांग्रेस नेता राहुल गान्धीले भाषण गरे

एजेन्सी । भारतमा अहिले पानीमा निथ्रुक्क भिजेर भाषण गरिरहेका भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको तस्वीर भाइरल भइरहेको छ । ‘भारत जोडो’ अभियानका क्रममा भारत दौडाहमा रहेका राहुल गान्धी आइताबार भारतको मन्सुर पुगेका थिए ।

उनी मञ्चमा भाषण गर्न उक्लिएका मात्र के थिए पानी पर्न सुरु भयो । तर, उनले मेघको प्रवाह नगरी रुझ्दै भाषण गरे । पानी परेपछि भाषण सुन्न आएका मानिस तितरवितर हुन थाले ।

‘भारत जोडो’ अभियान अन्र्तगत भारतीय कांग्रेसले कन्याकुमारीदेखि कश्मीर यात्रा गरिरहेको छ । पानीमा रुझ्दै गान्धिले गरेको यो भाषणको निकै चर्चा भइरहेको छ । पानीमा रुझ्दै भाषण गर्ने राहुल गान्धी एक्ला भने होइनन् ।

सन् २०१५ मा अरबिन्द भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि १५ मिनेट पानीमा रुझ्दै भाषण गरेका थिए । अमेरिकाका राष्ट्रपति जो बाईडेन र कमला हृयारिसले पनि दुई वर्ष अगाडि यसरी पानीमा रुझेर भाषण गरेका थिए ।

बराक ओबामो सन् २०१२ को जुलाइमा पानीमा रुझ्दै भाषण गरेका थिए । डोनाल्ड ट्रम्पले २०१८ को नोभेम्बरमा र हिलारी क्लिनटरले नोभेम्बर २०१६ मा यसरी नै पानीमा निथ्रुक्क रुझेर भाषण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077