Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जुवा खालबाट वडाध्यक्षसहित १९ जना पक्राउ, साढे चार लाख बरामद

दार्चुला । दार्चुलामा वडाध्यक्षसहित १९ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले एकैदिन सदरमुकामका दुई ठाउँमा छापा हान्दा १९ जना जुवाडेलाई पक्राउ गरेको हो ।

महाकाली नगरपालिका–४ तिंकरखेडा र वडा नम्बर ४ कै बांगाबगरबाट वडाध्यक्षसहित १९ जना पक्राउ परेका छन्।

तिंकरखेडास्थित प्रेमसिंह बुढाथोकीको घरमा जुवा खेलिरहेका ११ जनालाई सोमबार दिउँसो पक्राउ गरिएको र बांगाबगरबाट थप ८ जनालाई राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पक्राउ पर्नेमा महाकाली नगरपालिका–१ का अध्यक्ष मोहन महरा, व्यास गाउँपालिका कार्यपालिका सदस्य असपाल बुढाथोकीसमेत छन् ।

जुवा खेलिरहेका उनीहरुको साथबाट नगद ४ लाख ५३ हजार ४३० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077