Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गुल्मीमा जीप दुर्घटना हुँदा दुई जना घाइते

गुल्मी। बुटवलबाट गुल्मीको अर्जै छाप आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

मंगलबार राति पौने दुई बजे लु१ज ४४४८ नम्वरको जीप रेसुंगा नगरपालिका ४ रागेढुंगा नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी जीप चालक इस्मा गाउँपालिका ६ अमरपुर निवासी २६ वर्षीय बेले नामले चिनिने कृष्ण बहादुर सुनार र बुटवल १४ बस्ने अमरपुर माइतीघर भएकी ३५ वर्षिय देवकला अर्याल घाइते भएका छन्।

गाडी चालक सुनारको दाहिने हात भाँचिएको छ भने अर्यालको घाँटीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जीपमा दस जना सवार थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077