Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यू-१७ मा थाइल्यान्डसंग नेपाल ३-० गोल अन्तरले पराजित

काठमाडौं । नेपाली युवा टोलीले सन् २०२३ मा हुने एएफसी यू-१७ एसियन कपको छनोट अन्तर्गत पहिलो खेलमै पराजय भोगेको छ ।

भियतनामको भिएट ट्री स्टेडियममा समूह ‘एफ’ अन्तर्गतको खेलमा नेपालले पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको हो ।

थाइल्यान्डले नेपाललाई ३-० गोल अन्तरले पराजित गरेको हो । थाइल्यान्डको जितमा टोनवान पुन्टामुनीले २ तथा थानाक्रित जाम्पालीले एक गोल गरे ।

टोनवानले ३० औँ तथा ६५ औँ मिनेटमा गोल गर्दा थानाक्रितले ७८ औँ मिनेटमा गोल गरे । समूह ‘एफ’ मा नेपाल र थाइल्यान्डसँगै आयोजक भियतनामर चाइनिज ताइपेइ रहेका छन् ।

नेपालले समूह चरणको दोस्रो खेल भियतनामविरुद्ध अक्टोबर ७ तथा तेस्रो खेल चाइनिज ताइपेइसँग अक्टोबर ९ मा खेल्ने तालिका रहेको छ ।समग्रमा छनोटमा सहभागी ४४ टिमलाई १० समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहको विजेता टिमले यू-१७ एसियन कपमा स्थान बनाउनेछन् । साथै उत्कृष्ट पाँच समूह उपविजेताले पनि एसियन कप खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077