Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी स्थानमा आज बाढीको उच्च र मध्यम जोखिम, सचेत रहन अपील

काठमाडौं । देशका धेरै स्थानमा आज आकस्मिक बहाव हुने भएको छ । निरन्तरको वर्षाका कारण धेरै भू–भागका ठूला तथा साना नदी तथा खोलामा आकस्मिक बहावको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै उच्च जोखिम रहेको छ । आज बाढीको मध्यम जोखिम सबै प्रदेशमा रहेको छ । उच्च, मध्यम र सामान्य जोखिम रहेका भू–भागमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै, वाग्मती प्रदेश, मधेस प्रदेश र प्रदेश–१ का एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना भइरहेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि ठूलो वर्षाको अनुमान गरिएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ । पर्सी शनिवारसम्म नै देशभर वर्षाको सम्भावना रहेकाले हिँडडुल गर्दा सावधानी अपनाउन मौसमविद्को अनुरोध छ ।

लगातारको वर्षाका कारण नदी तथा खोलामा बाढी आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077