Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

शेखर कोइराला पक्षले बोलायो छुट्टै भेला, यी हुन् एजेण्डा ?

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले आज छुट्टै भेला गर्दैछ । शेखर कोइराला पक्षले बोलाएको भेला दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्नेछ ।

भेलाले खबरदारीपछि संस्थापन पक्षले सच्याएर बुझाएको समानुपातिक उमेदवारको बन्दसूचीमा समीक्षा गर्नेछ ।

आफ्नो माग संस्थापन पक्षले पूरा नगरे विद्रोह गर्ने चेतावनीपछि बन्दसूची हेरफेर गर्दै शेखर समूहका नेताको नाम थप गरिएको थियो ।

आफ्नो समूहबाट प्रत्यक्षतर्फ उमेदवार बन्न इच्छुक र सक्षम व्यक्तिको नाम संकलन गर्ने भेलाले उनीहरुको सूची संसदीय बोर्डमा रहेका सदस्यलाई बुझाउने विषयमा छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077