Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

थाइल्याण्डको एक प्री स्कुलमा गोली चल्दा ३१ जनाको मृत्यु

एजेन्सी । थाइल्याण्डको एक प्री स्कुल चाइल्ड डे केयर सेन्टरमा गोली चल्दा ३१ जनाको मृत्यु भएको छ। पूर्वप्रहरी अधिकृतले चलाएको गोली लागेर ३१ जनाको मृत्यु भएको हो।

आक्रमणपछि बन्दुकधारी फरार रहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा बालबालिका र वृद्धवृद्धा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकमा बालबालिका र वयश्य दुवै छन् भने बन्दुक चलाउने व्यक्ति हाल फरार छन् ।

बालबालिका र वृद्धवृद्धामाथि गोली हान्दै छुरा प्रहार समेत गरेका थिए। आक्रमणको कारण अझैं खुलेको छैन। घटनास्थल राजधानी बैंककभन्दा करिब ५०० किलोमिटर उत्तर ग्रामिण क्षेत्रमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077